बैतडीमा कोदालोले छातीमा हिर्काएर हत्या

नेपालभ्युज

बैतडीमा कोदालोले छातीमा हिर्काएर हत्या

धनगढी।  बैतडीको डिलासैनी गाउँपालिकामा कोदालोले हिर्काउँदा एक जनाको मृत्यु भएको छ।

डिलासैनी ७ का मन्कुडाका २९ वर्षीय बिरेन्द्र सिंह एरले कोदालोले हिर्काउँदा २७ वर्षीय श्याम बहादुर ऐरको मृत्यु भएको हो।

आज दिउसो सवा १ बजेको समयमा खानेपानीको विषयमा बिवाद हुदा वीरेन्द्रले श्यामको छातीमा हान्दा मृत्यु भएको स्थानीय उत्तर बहादुर एरले जानकारी दिए। शवलाई पोष्टमाटमको लागि गोकुलेश्वर अस्पताल लैजान लागिएको उनले बताए।

कोदालो हिर्काउने बिरेन्द्र प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी लोकराज जोशीले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved