राप्रपाका मेयर उम्मेदवारको गाडीमा आगजनी, कांग्रेस कार्यकर्ता पक्राउ

मोरङको बेलबारीमा राप्रपाबाट मेयर पदका उम्मेदवार रहेका खेमप्रसाद गौतमको गाडीमा आगजनी गरेको भन्दै कांग्रेसका कार्यकर्ता पक्राउ परेका छन्।

नेपालभ्युज

राप्रपाका मेयर उम्मेदवारको गाडीमा आगजनी, कांग्रेस कार्यकर्ता पक्राउ

काठमाडौं। मोरङको बेलबारीमा राप्रपाबाट मेयर पदका उम्मेदवार रहेका खेमप्रसाद गौतमको गाडीमा आगजनी गरेको भन्दै कांग्रेसका कार्यकर्ता पक्राउ परेका छन्।

प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार गौतमले घरमै पार्किङ गरेर राखेको बा १२ च ९३८४ नम्बरको कारमा आगजनी भएको हो। बेलबारी नगरपालिका वडा नम्बर २ का उनी होटल व्यवसायी पनि हुन्।

प्रहरीका अनुसार गए राति २ बजेतिर घटनाको जानकारी आएको थियो। तत्काल घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमला नेतृत्वको टोलीले घटनामा संलग्न भएको आरोपमा एक युवालाई पक्राउ गरेको छ। पक्राउ परेका मोरङ सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १२ का २८ वर्षीय सुवास पाण्डे कांग्रेसनिकट रहेको स्थानीय बताउँछन्।

पेट्रोल छर्किएर कारको अगाडि र पछाडी लाइटर बालेर आगो लगाएको सिसी क्यामेरा फुटेजमा देखिएको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved