चितवनमा भारी वर्षा, सत्तागठबन्धनको चुनावी सभास्थल जलमग्न

सत्ता गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने भनिएको चितवनको चुनावी कार्यक्रम वर्षाका कारण केही प्रभावित हुने देखिएको छ।

नेपालभ्युज

चितवनमा भारी वर्षा, सत्तागठबन्धनको चुनावी सभास्थल जलमग्न

चितवन। सत्ता गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने भनिएको चितवनको चुनावी कार्यक्रम वर्षाका कारण केही प्रभावित हुने देखिएको छ। भरतपुरमा रातिदेखि परेको वर्षाका कारण संयुक्त आमसभा गर्ने स्थान नै जलमग्न भएको छ।

सत्तागठबन्धनले आज चितवनको भरतपुरमा चुनावी सभा गर्दैछ। प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी सभा सम्बोधन गर्न बुधबार नै चितवन पुगेका छन्।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रभण्डकी छोरी रेनु दाहाललाई मेयरमा ‘जसरी पनि’ जिताउने उद्देश्यले स्वयम् प्रधानमन्त्री देउवा भरतपुर पुगेका हुन्।
तर, भरतपुरमा रातिदेखि परेको वर्षाका कारण संयुक्त आमसभा गर्ने स्थान नै जलमग्न भएको छ।

भरतपुरको हाकिम चोकमा सत्ता गठबन्धनमा रहेका राजनीतिक दलका नेताहरुले सम्बोधन गर्नका लागि मञ्च बनाइएको छ । उक्त मञ्च पनि जलमग्न भएको छ भने कार्यक्रमस्थल पनि डुबानमा परेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved