चुनावी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली झापा जाँदै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न आज झापा जाँदै छन्। गृह जिल्लासमेत रहेको झापामा बिहान १० बजे जाने भएका हुन्।

नेपालभ्युज

चुनावी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली झापा जाँदै

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न आज झापा जाँदै छन्। गृह जिल्लासमेत रहेको झापामा बिहान १० बजे जाने भएका हुन्।

अध्यक्ष ओलीले जिल्लाको भद्रपुर, बिर्तामोड र धुलाबारीमा हुने चुनावी सभालाई सम्बोधन गर्ने युवा नेता इन्द्र भण्डारीले बताए।

अध्यक्ष ओलीलाई गृह जिल्लामा निर्वाचन जिताउन पाँच दलीय गठबन्धन र राप्रपाका कारण चुनौती थपिँदै गएको छ। उनको गृह नगर दमकमा पाँच दलीय गठबन्धनले राप्रपासँग सहकार्य गरेको छ। जसले गर्दा दमकमै यसपटक एमालेलाई निर्वाचन जित्न चुनौती थपिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved