आईपीएल- कोलकाताद्वारा राजस्थान पराजित

नेपालभ्युज

आईपीएल- कोलकाताद्वारा राजस्थान पराजित

एजेन्सी। इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई हराएको छ।

मुम्बईमा गएराति भएको खेलमा कोलकाताले राजस्थानलाई सात विकेटले हराएको हो। राजस्थानले दिएको एक सय ५३ रनको लक्ष्य कोलकाताले १९ ओभर १ बलमा तीन विकेट गुमाएर भेटायो। कोलकाताका नितिश रानाले अविजित ४८ तथा रिन्कु सिंहले पनि अविजित ४२ रन जोडे। कप्तान श्रेयस एय्यर ३४ र बाबा इन्द्रजित १५ रनमा आउट भए। राजस्थानका प्रशिद्ध कृष्ण, ट्रेन्ट बोल्ट र कुलदीप सेनले एकरएक विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ५२ रन बनाएको थियो । राजस्थानका सन्जु सामसनले ५४ रनको अर्धशतकीय पारी खेले। कोलकत्ताका टिम साउथीले दुई विकेट लिए।

जितसँगै कोलकाताले १० खेलमा आठ अङ्क जोडेको छ । कोलकाता तालिकको सातौँ स्थानमा छ । समान खेलमा १२ अङ्क जोडेको राजस्थान तेस्रो स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved