राष्ट्र बैंकले गर्‍यो वालेट कारोबारमा थप कडाइ

विद्युतीय वालेटमा रकम लोड गर्दा, एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा तथा अन्य विद्युतीय भुक्तानी कारोबार गर्दा अनिवार्य रुपमा प्रयोजन खुलाउनु पर्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ।

नेपालभ्युज

राष्ट्र बैंकले गर्‍यो वालेट कारोबारमा थप कडाइ
फाइल तस्वीर

काठमाडौं। नेपाल राष्ट्र बैंकले वालेट कारोबार फेरबदल गरेको छ। राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०७८ मा संशोधन गरी वालेट कारोबारमा थप कडाइ गरेको हो।

नयाँ व्यवस्थाअनुसार अब क्रेडिट कार्डमार्फत वालेटमा लोड गरिएको रकम वस्तु तथा सेवाको विद्युतीय भुक्तानीको लागि मात्र प्रयोग गर्नुपर्नेछ। उक्त रकम बैंक खातामा ट्रान्सफर गर्न र नगद झिक्न नमिल्ने व्यवस्था सम्बन्धित भुक्तानी सेवा प्रदायक संस्थाले गर्नुपर्ने भएको छ।

सामान्यतया क्रेडिट कार्डबाट नगद कारोबार गर्न पाइने छैन। तर, अत्यावश्यक भएको अवस्थामा कार्डको स्वीकृत सीमाको १० (दश) प्रतिशतसम्म नगद झिक्न बाधा पुगेको मानिने छैन भन्ने राष्ट्र बैंकको व्यवस्था छ।

त्यस्तै, विद्युतीय वालेटमा ग्राहकले खाता खोल्दा तथा ग्राहक पहिचान विवरण अद्यावधिक गर्दा ‘पेश गरेको विवरण ठीक साँचो रहेको तथा सो विवरण झुटो ठहरिएमा कानूनबमोजिम सहुँला–बुझाउँला’ भन्ने व्यहोराको विद्युतीय रुपमा स्वःघोषणा गर्नुपर्ने भएको छ।

विद्युतीय वालेटमा रकम लोड गर्दा, एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा तथा अन्य विद्युतीय भुक्तानी कारोबार गर्दा अनिवार्य रुपमा प्रयोजन खुलाउनु पर्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved