आईपीएलः सनराइजर्स हराउँदै चेन्नई र दिल्लीलाई हराउँदै लखनउको जित

इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत आइतबार भएका खेलमा चेन्नई सुपर किंग्स र  लखनउ सुपर जायन्टसले जितेका छन्। चेन्नईले सनराइजर्स हैदरावादलाई १३ रनले हराएको हो। यता लखनउले दिल्ली क्यापिटल्समाथि ६ रनले हरायो।

नेपालभ्युज

आईपीएलः सनराइजर्स हराउँदै चेन्नई र दिल्लीलाई हराउँदै लखनउको जित

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत आइतबार भएका खेलमा चेन्नई सुपर किंग्स र  लखनउ सुपर जायन्टसले जितेका छन्। चेन्नईले सनराइजर्स हैदरावादलाई १३ रनले हराएको हो। यता लखनउले दिल्ली क्यापिटल्समाथि ६ रनले हरायो।

आइतबारको पहिलो खेलमा पहिला ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १९५ रन बनाएको थियो। लखनउका लागि कप्तान के एल राहुलले ७७ रन बनाए भने दीपक हुड्डाले ५२ रनको पाली खेलेका थिए।

जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १८९ रन मात्र बनाउन सक्यो। दिल्लीका लागि रिषभ पन्तले ४४ तथा अक्षर पटेलले ४२ रन बनाए पनि त्यो जितका लागि पर्याप्त भने हुन सकेन। लखनउका लागि मोहसिन खानले ४ विकेट लिएका थिए।

त्यस्तै अर्को खेलमा पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २०२ रन बनाउँदै २०३ रनको विशाल लक्ष्य दिएको थियो। चेन्नईका लागि रुटुराज गाइक्वाडले ९९ रनको पाली खेलेका थिए भने डेभन कोन्वेले ८५ रन बनाए।

जवाफी ब्याटिङमा उत्रिएको हैदरावादले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १८९ रन मात्र बनाउन सक्यो। हैदरावादका निकोलास पूरनले अविजित ६४ रन तथा केन विलियम्सनले ४७ रनको पाली खेले पनि त्यो जितका लागि पर्याप्त भएन।

यससँगै लिगमा १० खेलबाट १४ अंक जोडेको लखनउ दोस्रो स्थानमा उक्लिएको छ भने ९ खेलबाट ६ अंक जोडेको चेन्नई भने नवौं स्थानमा यथावत छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved