पोखराका अटेरी अभियन्ता खड्का पक्राउ

अटेरी अभियानले चुनाव चिन्ह ‘लौरो’ मागेको थियो। आयोगले निर्वाचन कानूनअनुसार मागेअनुसारको निर्वाचन चिन्ह दिन नमिल्ने बताएपछि अटेरी अभियन्ता आक्रोशित भएका थिए।

नेपालभ्युज

पोखराका अटेरी अभियन्ता खड्का पक्राउ
सांकेतिक तस्वीर

काठमाडौं। पोखरा महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका गनेस पौडेलको नेतृत्वमा रहेको अटेरी अभियानका अभियन्ता अशोक खड्कालाई प्रहरीले पक्राउ गरेको छ।

आफूलाई अपमानजनक गाली गरेको भन्दै मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले उजुरी दिएपछि उनलाई गिरफ्तार गरिएको एक अटेरी अभियन्ताले जानकारी दिए।

प्रसंग भने १७ वैशाखको हो। अटेरी अभियानका उम्मेदवारलाई रोजेको चिन्ह दिनुपर्ने माग राख्दै खड्कासहितको टोलीले मुख्य निर्वाचन अधिकृतको कार्यालय अघि पुगेर विरोध जनाएका थिए।

अटेरी अभियानले चुनाव चिन्ह ‘लौरो’ मागेको थियो। आयोगले निर्वाचन कानूनअनुसार मागेअनुसारको निर्वाचन चिन्ह दिन नमिल्ने बताएपछि अटेरी अभियन्ता आक्रोशित भएका थिए।

अन्तिममा आयोगले पोखराको मतपत्र छाप्न बाँकी रहेकाले ‘लौरो’ चुनाव चिन्ह दिन सकिने आश्वासन दिएपछि सहमति भएको थियो।

त्यसरी सहमति भएर फर्केपछि पनि अभियन्ता खड्का पक्राउ परेका हुन्। उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि भाषण गर्ने क्रममा निर्वाचनमा लौरो चिन्ह पाए पहिलो लौरो निर्वाचन अधिकृतलाई हान्नुपर्ने अभिव्यक्ति दिएका थिए

उनले भनेका थिए– “स्वतन्त्र भनेर हेप्न मिल्छ ? टेक्निकल समस्या भनेर दलका नेताहरूलाई भन्न सक्दैनन्, स्वतन्त्रलाई मात्रै किन ? सूर्य र रुखमा निकाल्नुस् त समस्या। हामीले लौरो चिन्ह पायौँ भने पहिलो लौरो निर्वाचन अधिकृतलाई हान्नुपर्छ।“

अहिले अटेरी अभियन्ताहरू उनीविरूद्धको आरोप फिर्ता लिन लगाउन लागेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved