ट्राफिक कारबाहीबाट धनुषामा १ करोड ४६ लाख राजस्व संकलन

नेपालभ्युज

ट्राफिक कारबाहीबाट धनुषामा १ करोड ४६ लाख राजस्व संकलन
फाइल तस्वीर

काठमाडौं। जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम धनुषाले चालु आर्थिक वर्ष २०७८/०७९ को नौ महीनामा एक करोड ४६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत महीनासम्ममा ट्राफिक नियम उल्लंघन गरी चलाउने १७ हजार ५५० सवारीसाधनमाथि कारबाही गरी एक करोड ४६ लाख ७४ हजार राजस्व संकलन गरेको हो। पूर्वपश्चिम राजमार्ग तथा अन्य सहायक मार्गमा ट्राफिक जाँच बढाएकाले ट्राफिक नियमको उल्लंघन गर्ने सवारीसाधनमाथि कारबाही गरी अघिल्लो वर्षको सोही अवधिको तुलनामा बढी राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक चन्द्रभूषण यादवले जानकारी दिए।

यस्तै चालु आव ०७८/०७९ को नौ महीनामा धनुषाको विभिन्न सडक खण्डमा भएको एक हजार ५५सवारी दुर्घटनामा परी ८० ले ज्यान गुमाएको प्रहरीले जनाएको छ। बढ्दो सवारीसाधनको चाप, साँघुरो सडक, चालकको लापर्बाही तथा सडकमा छाडिने पशुचौपायाका कारण सवारी दुर्घटना बढे्को प्रहरी निरीक्षक यादवको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved