अन्यत्र व्यवस्थापन गरिदिने ओलीको आश्वासनपछि बागी उम्मेदवारी फिर्ता

नेपालभ्युज

अन्यत्र व्यवस्थापन गरिदिने ओलीको आश्वासनपछि बागी उम्मेदवारी फिर्ता

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकामा नेकपा (एमाले) बाट बागी उम्मेदवारी दिएका निवर्तमान मेयर हरिनारायण महतोले उम्मेदवारी फिर्ता लिने भएका छन्।

अध्यक्ष केपी शर्मा ओलीले अन्य ठाउँमा व्यवस्थापन गर्ने आश्वासन दिएपछि उनले आफ्नो उम्मेदवारी फिर्ता लिँदै एमालेका आधिकारिक मेयरका उम्मेदवार राजाराम महतोलाई नै सघाउने निर्णय गरेका हुन्।

उनले नेता रघुवीर महासेठको बदमासीले आफ्नो टिकट खोसिएको आरोप लगाए। महतोलाई प्रदेश सभा सदस्यमा टिकट दिने सहमति भएको बताइएको छ।

एमाले नगर कमिटीले मेयरको उम्मेदवारका लागि महतोको एकल सिफारिस गरे पनि अन्तिम समयमा उनको टिकट खोसिएको थियो। टिकट नपाएपछि उनले पार्टी परित्यागको घोषणा गर्दै स्वतन्त्र उम्मेदवारी दिएका थिए।

उनलाई फकाउन अध्यक्ष ओलीले नै काठमाडौं बोलाएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved