स्वतन्त्र उम्मेदवारी फिर्ता लिन गगन थापाको आग्रह

गठबन्धनको निर्णय नमानी स्वतन्त्र उम्मेदवारी दिनु पार्टीका नेताहरूको हितमा नहुने उनको भनाइ थियो।

नेपालभ्युज

स्वतन्त्र उम्मेदवारी फिर्ता लिन गगन थापाको आग्रह

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र ढंगले उम्मेदवारी दिएका पार्टीका नेता, कार्यकर्तालाई फिर्ता लिन आग्रह गरेका छन्।

महामन्त्री थापाले निर्वाचनमा होमिएको बेला पार्टीको निर्णयको सम्मान गर्दै आफ्नो स्वतन्त्र उम्मेदवारी फिर्ता लिन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरेका हुन्। कांग्रेस काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले गठबन्धन गरेर अघि जाने क्रममा भएका कमीकमजोरीबारे पार्टीले निर्वाचनपछि छलफल गर्ने उल्लेख गर्दै निर्वाचनमा होमिएको बेला पार्टीको निर्णय विपरित उम्मेदवारी दिन नमिल्ने बताए।

गठबन्धनको निर्णय नमानी स्वतन्त्र उम्मेदवारी दिनु पार्टीका नेताहरूको हितमा नहुने उनको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved