भूकम्पको जोखिममा सुदूरपश्चिम

पूर्वकार्यकारी अधिकृत ज्ञवालीले मध्यपश्चिम र सुदूरपश्चिमका क्षेत्रहरु बाढी, पहिरो लगायतको बहुप्रकोपीय जोखिममा रहेकोले त्यसबाट पनि बँच्ने गरेर सरकारले कदम चाल्नुपर्नेमा जोड दिए।

नेपालभ्युज

भूकम्पको जोखिममा सुदूरपश्चिम

काठमाडौं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्वकार्यकारी अधिकृत डा.सुशील ज्ञवालीले नेपालको सुदूरपश्चिम र मध्यपश्चिमको क्षेत्रमा रहेका निजी आवास तथा सम्पदाहरुलाई बलियो बनाउनु पर्नेमा जोड दिएका छन्।

ज्ञवालीले सुदूरपश्चिम र मध्यमपश्चिमको क्षेत्रमा विगत ५०० वर्षदेखि भूकम्प नगएको बताउँदै त्यहाँ भूकम्पको इनर्जी जम्मा भएर बसिरहेकोले बेलैमा शतर्कता अपनाउनुपर्नेमा जोड दिए।

ज्ञवालीले त्यहाँ रहेका निजी आवासहरुलाई बेलैमा इन्जिनियरिङ प्रविधि र प्रबलिकरणका प्रविधि प्रयोग गरेर बलियो नबनाए ठूलो जनधनको क्षति हुनसक्ने बताए। पूर्वकार्यकारी अधिकृत ज्ञवालीले त्यहाँ बनेका सम्पदाहरु पुरानो र बिनाप्रविधिबाट बनेको भएकोले धेरै क्षति हुने अनुमान लगाए।

ज्ञवालीले आगलागीको घटनाबाट बच्न खरका छाना हटाउने र प्रबलिकरण गरेर घर बलियो बनाउने कुरा कार्यन्वयन गर्न आवश्यक रहेको बताए। उनले बेलैमा प्राकृतिक विपद्बाट बच्न सरकारले सुरक्षित आवास कार्यक्रम बनाएर उक्त क्षेत्रमा काम गर्न आवश्यक रहेको स्पष्ट पारे।

पूर्वकार्यकारी अधिकृत ज्ञवालीले मध्यपश्चिम र सुदूरपश्चिमका क्षेत्रहरु बाढी, पहिरो लगायतको बहुप्रकोपीय जोखिममा रहेकोले त्यसबाट पनि बँच्ने गरेर सरकारले कदम चाल्नुपर्नेमा जोड दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved