गठबन्धन सफल भएको छ, ६० प्रतिशतसम्म भागबण्डा मिलिसक्योः कृष्णबहादुर महरा

नेपालभ्युज

गठबन्धन सफल भएको छ, ६० प्रतिशतसम्म भागबण्डा मिलिसक्योः कृष्णबहादुर महरा
फाइल फोटो

काठामाडौं। नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराले गठबन्धन सफल भएको बताएका छन्।

सोमवार माओवादी केन्द्रको नियमित पत्रकार भेटघाटमा बोल्दै प्रवक्ता महराले स्थानीय तह निर्वाचनको लागि मनोनयन दर्ताको दिनसम्म आइपुग्दा गठबन्धन सफल भएको बताएका छन्। उनले गठबन्धन अझ अगाडी बढ्दै जाने पनि बताए।

आज बिहानसम्ममा गठबन्धन ६० प्रतिशत ठाउँमा सफल भएको र बाँकी ठाउँमा पनि बेलुकीसम्ममा कुरा मिल्ने उनले बताए। प्रवक्ता महराले नमिलेको ठाउँमा मनोनयन फिर्ता गर्ने दिनसम्म र चुनाव हुनु अघिल्लो दिनसम्ममा पनि एकले अर्कोलाई सहयोग गरेर जानेगरी सहमति हुने उल्लेख गरे।

उनले भने, “जुन उद्देश्यमा आधारित भएर गठबन्धन बनेको थियो, प्रतिगमनविरुद्ध अग्रगमनको पक्षमा, संविधानलाई जोगाउन यो गठबन्धन शुरु भएको छ। यो सफल भएको छ। मैले यहाँहरुलाई सफलताको शन्देश दिन चाहन्छु। अब अझ अगाडि बढ्दै जान्छ।”

प्रवक्ता महराले पार्टीले केन्द्रीय तहबाट घोषणापत्र सार्वजनिक नगर्ने बताए। उनले स्थानीय विशेषतामा आधारित रहेर स्थानीय तह आफैँले घोषणापत्र सार्वजनिक गर्ने बताए।

उनले नेकपा(माओवादी केन्द्र)मा पार्टी प्रवेशको लहर चलेको बताए। गठबन्धनका दलहरूबीच सहमति नभए पनि गठबन्धनका दलहरूले एमालेसँग निर्वाचनमा सहकार्य नगर्ने गठबन्धनको निर्णयअनुसार अघि बढ्ने पनि उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved