‘मिटू’को प्रश्नमा एमाले उम्मेदवारको जवाफ : विवादमा नआउने पनि केशव स्थापित हुन्छ ? (भिडिओ)

उनले आफूलाई आरोप लगाउने व्यक्तिलाई पागलको संज्ञा दिँदै भने, ‘‘आजकल यो पागलहरूबारे औषधि खान केही पैसा लाग्दैन, मेरो अरु भनाइ छैन।”

नेपालभ्युज

‘मिटू’को प्रश्नमा एमाले उम्मेदवारको जवाफ : विवादमा नआउने पनि केशव स्थापित हुन्छ ? (भिडिओ)
फाइल तस्वीर

काठमाडौं। नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार केशव स्थापितले आफूमाथि लागेको यौन दुर्व्यवहार मिटूबारे आफू विवादमा आउनु सामान्य भएको बताएका छन्। उम्मेदवारी दर्तापछि पत्रकारले सोधेको प्रश्नमा उनले उक्त आरोपबारे ध्यान दिननहुने जवाफ दिएका छन्।

उनले आफूलाई आरोप लगाउने व्यक्तिलाई पागलको संज्ञा दिँदै भने, ‘‘आजकल यो पागलहरूबारे औषधि खान केही पैसा लाग्दैन, मेरो अरु भनाइ छैन।” आफू विवादमा आइराख्ने व्यक्ति भएकाले विवादमा आइराख्नुपर्ने उनको जवाफ थियो।  ‘‘म जत्तिको व्यक्ति विवादमा आइराख्नुपर्छ। विवादमा नआउने पनि केशव स्थापित हुन्छ ? आइराख्नुपर्‍यो,” उनले भने,  उनले भने, ‘‘पाँच सय पचास मुद्दा परेको बेला पाँच थपिपाऊँ भनेर निवेदन हाल्ने व्यक्ति हुँ। बाहिर चउरमा इस्यु उठ्यो भने ध्यान दिनुहुन्न।”

चार वर्षअघि काठमाडौं महानगरकै दुई पूर्वकर्मचारीले आफूहरूमाथि स्थापितले यौन दुर्व्यवहार गरेको आरोप लगाएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved