काठमाडौं महानगरको मेयरमा बालेन शाहको उम्मेदवारी दर्ता

नेपालभ्युज

काठमाडौं महानगरको मेयरमा बालेन शाहको उम्मेदवारी दर्ता

काठमाडौं। महानगरपालिकाको मेयर पदमा र्‍यापर तथा स्ट्रकचरल इन्जिनिय बालेन शाहले उम्मेदवारी दर्ता गराएका छन्।

उनले स्वतन्त्र रूपमा आइतबार राष्ट्रिय सभागृहस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। उनले आजै चुनावी घोषणापत्र पनि सार्वजनिक गरेका छन्।

घोषणापत्रमा शाहले ७० वर्षमाथिका वृद्धवृद्धाको नि:शुल्क स्वास्थ्य परीक्षण, घरमै पुगेर वृद्धभत्ता वितरण, व्यक्तिगत घटना दर्ता, सबै वडा र नगरपालिका स्तरमा अनलाइन भुक्तानी प्रणालीको शुरुआत, जन्मदर्ता प्रमाणपत्र, मृत्युदर्ता, विवाह दर्ता तथा अन्य कागजातहरुको होम डेलिभरी, हरेक हेल्थ पोस्टको स्थापना गर्ने, कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम परिमार्जन गरेर इतिहास, योग, आयुर्वेद जस्ता पौराणिक शिक्षा दिने कार्यक्रम राखेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved