मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हमालको र्‍यालीबाट चरेशसहित एकजना पक्राउ

नेपालभ्युज

मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हमालको र्‍यालीबाट चरेशसहित एकजना पक्राउ

धनगढी । धनगढी उपमहानगरपालिकाको मेयर पदमा मनोनयन दर्ता गर्न गइरहेको गोपाल हमालको र्‍यालीबाट अवैध लागुऔषध चरेशसहित एकजना पक्राउ परेका छन्।

मेयर पदमा मनोनयनका लागि धनगढीको ट्राफिक चौराहबाट शुरु भएको गोपाल हमालसहितको र्‍यालीमा हमाल समर्थक नरेश वादी अवैध लागुऔषध चरेशसहित पक्राउ परेका हुन्।

र्‍यालीमा हमालको समर्थनमा नाराबाजी गरिरहेको समयमा उनको साथबाट २० ग्राम लागुऔषध चरेशसहित पक्राउ परेको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले भने, “पक्राउ परेका बाजीलाई जिल्ला प्रहरी कार्यालयमा ल्याउन लागिएको छ, यससम्बन्धी थप अनुसन्धान भइरहेको छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved