पल शाह प्रकरण- पीडित नाबालिगले बयान फेरेपछि पूजा शर्मा खुसी

अभिनेता पल शाह बलात्कार प्रकरणमा पीडित नाबालिग किशोरीले बयान फेरेपछि अभिनेत्री पूजा शर्माले खुसी व्यक्त गरेकी छन्।

नेपालभ्युज

पल शाह प्रकरण- पीडित नाबालिगले बयान फेरेपछि पूजा शर्मा खुसी
फाइल फोटो

काठमाडौं। अभिनेता पल शाह बलात्कार प्रकरणमा पीडित नाबालिग किशोरीले बयान फेरेपछि अभिनेत्री पूजा शर्माले खुसी व्यक्त गरेकी छन्। बयान फेरेको समाचारहरू आउन थालेपछि उनले भगवानलाई धन्यवाद दिएकी हुन्।

‘म यस्तो गीत गाउँछु २’ मा पूजा र पलले अभिनय गरेका छन्। उनले सार्वजनिकरुपमै आफ्नो फिल्मलाई असर गर्ने गरी पललाई हिरासत लिएको अभिव्यक्ति दिएकी थिइन्।

पल शाह प्रकरणमा नयाँ ट्वीस्ट आएको छ। अभिनेता शाहमाथि बलात्कारको आरोप लगाउने नाबालिगले आफ्नो बयान फेरेपछि घटनाक्रमले नयाँ मोड लिन सक्ने अनुमान छ।

आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र गर्दा उनले जाहेरी विपरीत बयान दिएकी हुन्। कानुन व्यवसायीका अनुसार पीडित गायिकाले ‘जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको र उक्साहटमा परेर जाहेरी दिएको जिकिर गरेकी छिन्।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved