नेपालले अफगानिस्तानसँग दुई ओटा मैत्रीपूर्ण फुटबल खेल खेल्ने

नेपालभ्युज

नेपालले अफगानिस्तानसँग दुई ओटा मैत्रीपूर्ण फुटबल खेल खेल्ने

काठमाडौं। नेपाली राष्ट्रिय टिमले अफगानिस्तानसँग दुई ओटा मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ। आगामी जुनमा हुने एशियन कप २०२३ को तेस्रो चरणको छनोटको तयारीस्वरूप नेपालले यो खेल खेल्न लागेको हो।

खेल अगामी मे २५ र २९ तारिखमा कतारमा हुनेछन्।

यो मैत्रीपूर्ण फुटबल खेलका लागि नेपालले नै अफगानिस्तानलाई आग्रह गरेको थियो। नेपालको प्रस्तावलाई अफगानिस्तानले स्विकार गरेको आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

नेपाली राष्ट्रिय फुटबल टिम हाल एशियन कपको तयारीका लागि बन्द प्रशिक्षणमा छ। जुन ८ देखि हुने एशियन कपको तेस्रो चरणको छनोटमा समूह ‘ए’ मा रहेको नेपालले आयोजक कुवेत, जोर्डन, र फिलिपिन्सको सामना गर्नेछ।

तेस्रो चरणको छनोटमा कुल २४ टिमले ६ समूहमा बाँडिएर प्रतिस्पर्धा गर्दैछन्। यो चरणबाट ११ टिम एशियन कपका लागि छनोट हुनेछन्। राउण्ड रोविन लिगका आधारमा हुने छनोट खेलपछि ६ समूहका विजेता टिम सीधै छनोट हुनेछन्। त्यस्तै ६ समूहका उत्कृष्ट पाँच उपविजेताले पनि एशियन कपमा प्रवेश पाउनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved