कांग्रेसको गोविन्दराज जोशी समूहले एमालेसँग तालमेल गर्ने

वैशाख ३० मा हुने स्थानीय चुनावमा नेपाली कांग्रेसका नेता गोविन्दराज जोशी समूहले तनहुँमा नेकपा एमालेसँग चुनावी तालमेल गर्ने भएको छ। जोशीका छोरा दीपकराज जोशी व्यास नगरपालिकाको मेयर पदमा उठ्ने तयारीमा छन्।

नेपालभ्युज

कांग्रेसको गोविन्दराज जोशी समूहले एमालेसँग तालमेल गर्ने

काठमाडौं। वैशाख ३० मा हुने स्थानीय चुनावमा नेपाली कांग्रेसका नेता गोविन्दराज जोशी समूहले तनहुँमा नेकपा एमालेसँग चुनावी तालमेल गर्ने भएको छ। जोशीका छोरा दीपकराज जोशी व्यास नगरपालिकाको मेयर पदमा उठ्ने तयारीमा छन्।

उनले सबै पालिकाका प्रमुख, उपप्रमुखलगायत पदहरूमा साझा उम्मेदवारी दिने सहमति एमालेसँग भएको दाबी गरे।

कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराजलाई पार्टीले कारबाही गरेको थियो। उनलाई ५ वर्षका लागि कांग्रेसले साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको थियो।

०७४ मा तनहुँमा रामचन्द्र पौडेललाई हराउन भूमिका खेलेको आरोपमा जोशीमाथि अनुशासनको कारबाही गरिएको थियो।

उनीमाथि गरिएको अनुशासन कारबाही फिर्ता लिनेबारे कांग्रेसमा छलफल भइरहेको बेला जोशीले एमालेसँग चुनावी तालमेल गर्ने भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved