एफ ए कपको पहिलो सेमिफाइनलमा आज राति दुई ठूला क्लब म्यानचेस्टर सिटी र लिभरपुल भिड्दै छन्। राति सवा ८ बजे वेम्बली स्टेडियमा खेल हुनेछ। प्रिमियर लिगमा मात्र एक अंकले पहिलो र दोस्रो स्थानमा रहेका यी दुई टोलीको भिडन्त रोचक हुने अनुमान गरिएको छ।
एफ ए कपको पाँच पटकको भेटमा लिभरपुलले ३ तथा सिटीले २ पटक जितेका छन्। छ दिन अगाडि प्रिमियर लिगमा सिटीको घरेलु मैदानमा यी दुई टोलीले २-२ को बराबरी खेलेका थिए। गत सिजनको अन्तिम भेटमा भने सिटीले लिभरपुललाई उसकै मैदानमा ४-१ गोलअन्तरले हराएको थियो।
आजको खेलमा सिटीका केभिन डि ब्रुनो र किल वाल्कर मैदान उत्रिने सम्भावना छैन। उनीहरू पहिलो ११ बाट बाहिर रहेका छन्। एट्लेटिको मड्रिडसँगको भेटमा यी दुई खेलाडी सामान्य घाइते भएका थिए।
यस्तै दोस्रो सेमिफाइनलमा भोलि राति चेल्सी र क्रिस्टल प्यालेस प्रतिस्पर्धा गर्दै छन्।
Facebook Comment
Comment