जेरुसेलममा शान्त रहन राष्ट्रसंघ महासचिवको आह्वान

जेरुसेलमको अल–अक्सा मस्जिद परिसरमा शुक्रबार प्यालेस्टाइनीहरूको इजरायली प्रहरी बलसँग झडप हुँदा १०० जनाभन्दा बढी घाइते भएका छन्।

नेपालभ्युज

जेरुसेलममा शान्त रहन राष्ट्रसंघ महासचिवको आह्वान

एजेन्सी। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जेरुसेलमको बिग्रँदै गएको सुरक्षा अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

गुटेरेसले तनावलाई कम गर्न प्रयास गर्न आह्वान गरेका छन्। उनका प्रवक्ताले जनाएअनुसार सुरक्षा अवस्थाको सुधारमा लाग्न पनि आह्वान गरेका छन्।

जेरुसेलमको अल–अक्सा मस्जिद परिसरमा शुक्रबार प्यालेस्टाइनीहरूको इजरायली प्रहरी बलसँग झडप हुँदा १०० जनाभन्दा बढी घाइते भएका छन्।

यसैबीच, मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसंघका विशेष संयोजक टोर वेनेस्ल्यान्डले स्थिति शान्त पार्न प्रमुख क्षेत्रीय साझेदारहरू र पक्षहरूसँग नजिकको सम्पर्कमा भएको जनाएका छन्।

गुटेरेसले संयुक्त राष्ट्रसंघका सान्दर्भिक प्रस्ताव, अन्तर्राष्ट्रिय कानून र द्विपक्षीय सम्झौताको आधारमा द्वन्द्व समाधान गर्न प्यालेस्टिनी र इजरायलीहरूलाई समर्थन गर्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याएका एक विज्ञप्तिमा जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved