प्रहरी चढेको जिप दुर्घटना, दुई जनाको मृत्यु, सात जना घाइते

नेपालभ्युज

प्रहरी चढेको जिप दुर्घटना, दुई जनाको मृत्यु, सात जना घाइते
सांकेतिक तस्वीर।

काठमाडौं। सोलुखुम्बुबाट विराटनगर जाँदै गरेको जिप ओखलढुङ्गामा दुर्घटना हुँदा दुई जना प्रहरीको मृत्यु भएको छ। सोलुखुम्बुबाट विराटनगरका लागि छुटेको बा १७ च १०९४ नम्बरको जिप ओखलढुङ्गाको मानेभञ्ज्याङमा दुर्घटना भएको हो। मानेभञ्ज्याङमा गाउँपालिका–६ भडारे खोला नजिक दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा सोलुखुम्बुमा कार्यरत प्रहरी हवलदार भूपेन्द्र कार्की र प्रहरी जवान मानिक राजवंशीको मृत्यु भएको ओखलढुङ्गा प्रहरीले जनाएको छ।

दुर्घटनामा अन्य सात जना घाइते भएका छन्। घाइते हुनेमा प्रहरी निरीक्षक ऋषिराज ढकाल, हवलदार भूपेन्द्र खनाल र प्रहरी जवान रूपक विष्ट छन्।

थप उपचारका लागि उनीहरूलाई काठमाडौं रेफर गरिएको ओखलढुङ्गा प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता उद्धव पोखरेलले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved