लेटाङमा ज्यान गुमाएकी प्रहरी जवानको गोली लागेर मृत्यु भएको पोस्टमार्टम रिपोर्ट

नेपालभ्युज

लेटाङमा ज्यान गुमाएकी प्रहरी जवानको गोली लागेर मृत्यु भएको पोस्टमार्टम रिपोर्ट
घटनामा मृत्युवरण गरेकी प्रहरी जवान उर्मिला श्रेष्ठ

मोरङ । लेटाङ घटनामा ज्यान गुमाएकी प्रहरी जवानको गोली लागेर मृत्यु भएको पोस्टमार्टम रिपोर्ट आएको छ।

मोरङ लेटाङ नगरपालिकामा ६ चैतमा भएको हिंसात्मक झडपमा २६ वर्षीय प्रहरी जवान ज्यान गएको हो।

यद्यपि उनीमाथि धारिलो हतियार प्रयोग भएको आशंका गरिएको थियो। तर पोस्टमार्टम रिपोर्टमा भने उर्मिलाको हत्या गोली प्रहारबाट भएको खुलेको हो। विराटनगरस्थित कोशी अस्पतालमा गरिएको पोस्टमार्टम रिपोर्टमा ‘सक प्रिजेन्ट वाई फाइयर आम इन्जुरी’ उल्लेख छ।

प्रहरीले अनुसन्धानपछि सरकारी वकीलको कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनअनुसार महिला प्रहरीको शरीरबाट गोली निकालिएको छ। मंगलबार (आज) जिल्ला अदालत मोरङमा भएको थुनछेक बहसमा सो प्रतिवेदनलाई आधार दिइएको अदालतका सूचना अधिकारी हेम बुढाथोकीले जानकारी दिए।

सो हिंसात्मक झडपमा प्रहरीको तीन वटा हतियारबाट हवाई फायर भएको थियो। तर नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा महिला प्रहरीलाई लागेको गोलीको परीक्षण गर्दा प्रहरीको हतियारबाट निस्किएको गोलीसँग म्याच हुन नसकेको अनुसन्धान प्रतिवेदनमा उल्लेख रहेको बुढाथोकीले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved