विराटनगर । नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले महानगरपालिका र उपमहागरपालिमा चुनावी तालमेल गरेर जाने निर्णय भइसकेको बताएका छन्।
कांग्रेसले एकल उम्मेदवार सिफारिस गरिरहेको बेला नेता खनालले सत्तारुढ गठबन्धनले महानगर र उपमहानगरको चुनावी तालमेलको निर्णय केन्द्रबाटै हुने बताएका हुन्।
सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता खनालले एक महानगर र एक उपमहानगरमा आफ्नो पार्टीको दाबी रहेको बताउँदै उनले त्यसमा सहमति हुने विश्वास व्यक्त गरे। महानगर र उपमहानगरको चुनावी तालमेल भने तल्लो तहकै सहमतिका आधारमा हुने बताए। खनालले तालमेलको मोडालिटी भने केन्द्रले तय गर्ने बताए।
केन्द्रले तालमेल कसरी गर्ने भन्नेबारेमा टुंगो लगाएपछि त्यसैअनुसार गठबन्धनको प्रदेश, जिल्ला र पालिकास्तरीय संयन्त्रले निर्णय गर्ने उनको भनाइ छ। तोकिएकै समयमा निर्वाचन हुने भन्दै उनले मुलुक चुनावमा होमिएकोले अहिले आशंका गर्नुपर्ने अवस्था नरहेको बताए।
Facebook Comment
Comment