स्वास्थ्य वैज्ञानिकहरुको आठौँ राष्ट्रिय सम्मेलन जारी

सरकारले अनुसन्धानको क्षेत्रमा लगानी बढाउँदै जानुपर्ने विषयमा सम्मेलनमा उठेको छ।

नेपालभ्युज

स्वास्थ्य वैज्ञानिकहरुको आठौँ राष्ट्रिय सम्मेलन जारी

काठमाडौं। आइतबारदेखि काठमाडौंमा शुरु भएको स्वास्थ्य वैज्ञानिकहरुको आठौँ राष्ट्रिय सम्मेलन आज पनि जारी छ। भोलिसम्म (२७–१९ चैत) चल्ने सम्मेलनमा विभिन्न विषयमा गरिएका अनुसन्धानलाई जनतामाझ लैजाने विषयमा छलफल भइरहेको छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीका अनुसार सरकारले अनुसन्धानको क्षेत्रमा लगानी बढाउँदै जानुपर्ने विषयमा सम्मेलनमा उठेको छ।

सदस्यसचिव ज्ञवालीले सरकारले अनुसन्धान संस्था विकास गर्ने, अनुसन्धानकर्ताहरुको वृत्ति विकास गरेर उनीहरुलाई अभ्यास गर्ने वातावरण मिलाउनु पर्ने बताए। उनले सरकारले तोकेको स्वास्थ्यका प्राथमिकताको क्षेत्रभित्र रहेर अनुसन्धान भयो वा भएन भन्ने विषयको जानकारी राख्नुपर्ने आवश्यकता औँल्याए ।

सदस्यसचिव ज्ञवालीले अनुसन्धानकर्ताहरुले गरेको अनुसन्धान अनुसन्धानका लागि मात्रै नभइ जनताको आवश्यक्ता परिपूर्ति गर्ने किसिमका हुन आवश्यक भएको धारणा राखे। उनले अनुसन्धान कर्ताहरुले गरेको उत्पादनले राज्य समृद्ध बनाउन सहयोग पुग्ने बताए।

सदस्यसचिव ज्ञवालीले राज्यलाई सही रुपमा चाँडै परिवर्तन गर्नको लागि अनुसन्धानमा लागनी गरेर जनताको आवश्यक्ताका कुरा उत्पादन गरी खर्च जोगाउन सकिने पनि बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved