कृषि आधुनिकीकरणसम्बन्धी तीनदिने गोष्ठी सम्पन्न

नेपालभ्युज

कृषि आधुनिकीकरणसम्बन्धी तीनदिने गोष्ठी सम्पन्न

काठमाडौं। कृषिको आधुनिकीकरणका निष्कर्ष पहिचानका लागि भएको तीन दिने गोष्ठी सकिएको छ। कृषि तथा पशु विकास मन्त्रालयको प्राविधिक सहयोगमा साल्ट ट्रेडिङ कर्पोरेशन र इन्डियन पोटास लिमिटेडको संयुक्त आयोजनामा बुधबारदेखि काठमाडौंमा शुरू भएको गोष्ठी शुक्रबार सम्पन्न भएको हो।

गोष्ठीमा नेपालमा कृषिको आधुनिकीकरण गर्दै वृहत्तर विकासका लागि अपाइनुपर्ने विधिको पहिचान र यसको कायान्वयन गर्ने विषयमा विज्ञहरूले प्रस्तुति दिएका थिए। नेपाली कृषि उत्पादनको लागि माटोको परीक्षण संगै उन्नत जातका बीउबिजन, मलखाद, कृषि औजार तथा कृषि अनुदानको प्रभावकारिता वृद्धिका लागि छलफल भएको थियो।

गोष्ठीमा नेपाल सरकारका उच्च अधिकारी, प्रदेश सरकारका अधिकारीसंगै नेपाल तथा भारतका कृषि वैज्ञानिक सहभागी थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved