चट्टान आरोहण सिकाउँदै सगरमाथा आरोही कल्पना

नेपालभ्युज

चट्टान आरोहण सिकाउँदै सगरमाथा आरोही कल्पना

काठमाडौं। साहसिक खेलको माध्यमबाट पर्यटक आकर्षण गर्ने उद्देश्यका साथ इलाममा चट्टान आरोहण तालिम शुरु भएको छ। इलाम नगरपालिका वडा नं। ८ मा रेहको भिरमहमा चट्टान आरोहणमा १ हप्ताको प्रारम्भिक तालिम सञ्चालन भएको हो।

तालिमको लागि काठमााडौंबाट विश्व कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जन त्यहाँं पुगेकी छन्। त्यहाँं पुगेर आफूले तालिम दिन थालेको उनले जनाइन्। कल्पनाको साथमा प्रशिक्षक मनिषा बुडामगर र सुसान्त ढुंगेल पनि छन्।

तालिमको आयोजना याम बहादुर (कमल) फाउण्डेशन इलामले आयोजना गरेको हो। इलाम नगरपालिकाले त्यसका लागि सहयोग गरेको छ। इलामका विभिन्न ठाउँका १० जना युवाहरुले यो तालिममा सहभागिता भएका छन्।

एक हप्ताको प्रारम्भिक तालिमपश्चात केचना कंचनजंघा पर्यटन तथा चलचित्र महोत्सवमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई यहाँ चट्टान आरोहण गराउने उद्देश्य रहेको जनाइएको छ।

तालिममा सहभागीहरुलाई विस्तारै थप चट्टान आरोहण तालिम दिँदै जानेछन्। इलाम नगरपालिकामा साहसिक पर्यटकहरुलाई आकर्षित गर्दै चट्टान आरोहणको लागि पनि इलाम एउटा उत्कृष्ट गन्तव्यका रूपमा विकाश गर्ने प्रारम्भिक कार्यको थालनीसमेत भएको छ।

पर्यटकीय नगरपालिका देशका पुराना नगरपालिकामध्येको एक हो इलाम। इलाम नगरपालिका १७३.३२ वर्ग किमि क्षेत्रमा फैलिएको छ। ऐतिहासिक, सांस्कृतिक सम्पादहरुको साथै भाौगोलिक विविधता रहेको यो नगर साहसिक खेलको लागि पनि उत्तिकै महत्व छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved