सुजुकीको ह्याप्पी न्यू कार ग्राहक योजना, दुई लाखसम्म छुट

नेपालभ्युज

सुजुकीको ह्याप्पी न्यू कार ग्राहक योजना, दुई लाखसम्म छुट

काठमाडौं। नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यस नया बर्षका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी ह्याप्पी न्यू कार’ सार्वजनिक गरेको छ।

यो योजनाअन्तर्गत ग्राहकले दुई लाख रुपैयाँसम्म बराबरको नगद छुट, एक लाख २५ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्डमार्फत ७५ हजार रुपैयाँसम्म अतिरिक्त छुट पाउनेछन्।

यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३८ वटै सोरूमहरूमा लागू हुनेछ। सुजुकीका विभिन्न मोडेलहरूका कारहरूबमोजिम फरक फरक हिसाबका छुटहरू लागू हुनेछन्।

सुजुकी ब्रान्डले एस्प्रेसो, वागेन आर्, सेलेरिओ, इग्निस्, स्विफ्ठ्, बलेनो, डिजाएर, सिआज्, ब्रेज्जा, एस्क्रस्, एर्टिगा, एक्स्एल सिक्स्, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरू विक्री बितरण गर्दै आएको छ। यो योजना सीमित अवधिका लागि मात्र जारी गरिएको जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved