पुटिनविरुद्ध युद्ध अपराधको मुद्दा चलाउन अमेरिकी राष्ट्रपति बाइडेनको आह्वान 

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसीर राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध युद्ध अपराधका लागि मुद्दा चलाउन आह्वान गरेका छन्। युक्रेनमा अमानवीय ढंगले हत्या र हिंसा गरेको कारण मुद्दा चलाउन आह्वान गरेका हुन्।

नेपालभ्युज

पुटिनविरुद्ध युद्ध अपराधको मुद्दा चलाउन अमेरिकी राष्ट्रपति बाइडेनको आह्वान 

काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसीर राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध युद्ध अपराधका लागि मुद्दा चलाउन आह्वान गरेका छन्। युक्रेनमा अमानवीय ढंगले हत्या र हिंसा गरेको कारण मुद्दा चलाउन आह्वान गरेका हुन्।

आफूले रुसमाथि थप नयाँ नाकाबन्दी लगाउने पनि उनले बताए। बाइडेनले युक्रेनको बुचा सहरको स्थितिबारे स्मरण गराउँदै पुटिनलाई ‘युद्ध अपराधी’को संज्ञा दिए।

हालै रुसी नियन्त्रणबाट फिर्ता लिइएको बुचामा ४१० जना सर्वसाधारणको शव फेला परेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राजधानी किभलाई घेर्ने सहरहरुमध्ये एक बुचाको स्थलगत भ्रमण गरेपछि बाइडेनको यो अभिव्यक्ति सार्वजनिक भएको हो। युक्रेनी अधिकारीहरूले बुचामा नागरिकका थुप्रै शव भेटिएको बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved