स्पेनिस ला–लिगामा रियललाई १२ अंकको अग्रता

नेपालभ्युज

स्पेनिस ला–लिगामा रियललाई १२ अंकको अग्रता

एजेन्सी । सेल्टा भिगोलाई २–० ले हराउँदै रियल म्याड्रिडले स्पेनिस ला लिग फुटबलमा स्पष्ट १२ अंकको अग्रता लिएको छ। रियलबाट दुबै गोल करिम बेन्जामाले गरे । यी दुबै गोल पेनाल्टीमा संभव भएको थियो।

रियलले खेलमा तीनवटा पेनाल्टी पाएको भएपनि अर्को पेनाल्टी सदुपयोग हुन सकेन। सेल्टबाट नोलिटोले एकमात्रै गोल फर्काएका थिए।

रियलले लिगमा ३० खेलबाट ६९ अंक बटुलेको छ। दोस्रो स्थानको सेभियाले २९ खेलबाट ५७, तेस्रो स्थानको एथलेटिको म्याड्रिडले ३० खेलबाट ५७ तथा चौथौ स्थानको बार्सिलोनाले २८ खेलबाट ५४ अंक बटुलेको छ।

सेल्टा भिगो लिगको ११ औं स्थानमा छ। उसले ३० खेलबाट ३६ अंक बटुलेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved