काठमाडौंमा पेट्रोलियम पदार्थ हाहाकार (फोटो फिचर)

नेपालभ्युज

काठमाडौंमा पेट्रोलियम पदार्थ हाहाकार (फोटो फिचर)

काठमाडौं। काठमाडौंका पेट्रोल पम्पहरूमा सवारीसाधनमा तेल भर्नेहरूको घुँइचो लाग्न थालेको छ। उपत्यकाका सबैजसो पेट्रोल पम्पहरूमा रातिदेखि नै भीड बढ्न थालेको हो।

पेट्रोल पम्प व्यवसायीहरूले मागेको कमिशन सरकारले नदिएपछि उनीहरूले ढुवानी बन्द गरेका छन्। मागजति पेट्रोलियम पदार्थ नभित्रिँदा इन्धन अभाव हुने डरले सर्वसाधरणहरू पेट्रोलियम पदार्थको जोहो गर्न तँछाडमछाडमा छन्।

पेट्रोलियम पदार्थको अभाव चर्किने र देखिएपछि शनिबार पनि बिहानैदेखि पेट्रोल पम्पहरूमा अत्यधिक भीड बढिरहेको छ। नेपाल आयल निगमसँग विभिन्न माग राख्दै आन्दोलित व्यवसायीहरूले पेट्रोलियम पदार्थको ढुवानी देशभर ठप्प बनाइरहेका छन्।

आयल निगमले इन्धन खरीद गर्ने भारतीय डिपो र नेपालभित्रका निगमको डिपोबाट पम्पहरूले किन्ने सबै प्रकारका पेट्रोलियम पदार्थको ढुवानी रोकिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved