एजेन्सी। आर्थिक संकटका कारण बढ्दो आन्दोलनलाई दबाउन श्रीलंकाका राष्ट्रपति गोताबाया राजापाक्षले संकटकाल घोषणा गरेका छन्। यससँगै सेनाको हातमा शक्ति पुगेको छ।
यसअघि शुक्रबार सयौं मानिसहरुले आक्रोशमा आएर राष्ट्रपतिको घर घेरेका थिए। राष्ट्रपति राजापाक्षले दैनिक जीवनमा आवश्यक पर्ने सामाग्रीहरुको व्यवस्थापन मिलाउन र नियम–कानुनको जर्गेना गर्नका लागि संकटकाल घोषणा गर्नुपरेको बताएका छन्।
२ करोड २० लाख जनसंख्या रहेको श्रीलंकामा अहिले खाद्यान्न, बिजुली, इन्धनलगायत आधारभूत कुराको संकट छ।
बेलायतबाट १९४८ मा स्वतन्त्र भएयता श्रीलंका यति ठूलो संकटमा कहिल्यै फसेको थिएन।
शुक्रबार पश्चिमी प्रान्तमा प्रहरीले फेरि कफ्र्यु लगाएको छ। कोलम्बोमा पनि हिंडडुल गर्न निषेध छ। यता, आन्दोलनकारीहरूले पनि राजपाक्षले राजीनामा दिनुपर्ने माग गरिरहेका छन्।
Facebook Comment
Comment