स्थानीय तहमा दुईतिहाइ जित सुनिश्चित : एमाले उपाध्यक्ष पौडेल

पौडेलले भने, “तपाईंहरु निर्वाचनको परिणाम आएर विजयी जुलुश ननिकालेसम्म निर्वाचनको सबै कार्यक्रममा होमिनुस्।”
उनले अहिलेको सरकार जनताप्रति उत्तरदायी हुन नसकेको आरोप समेत लगाए।

नेपालभ्युज

स्थानीय तहमा दुईतिहाइ जित सुनिश्चित : एमाले उपाध्यक्ष पौडेल

ललितपुर। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले स्थानीय चुनावमा एमालेले दुईतिहाइ स्थानमा जित निकाल्ने बताएका छन्।

ललितपुर महानगरपालिका वडा नम्बर १८ मगरगाउँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्र्दै उपाध्यक्ष पौडेलले देशको एक नम्बरको पार्टी एमालेमा दैनिक सयौँ नेता र कार्यकर्ता प्रवेश गर्न थालेको बताए।

पौडेलले ३० वैशाखमा हुने निर्वाचनले एमालेलाई स्थानीय तहमा फेरि एक नम्बरको शक्तिशाली पार्टी देखाउने दाबी गरे। स्थानीय निर्वाचनमा दुईतिहाइ बढी सिट ल्याएर विजयी हुने भन्दै उनले पार्टी प्रवेशको लहर चलेपछि पाँचदलीय गठबन्धन डराएको बताए।

“अब कसैले चाहेर पनि रोकिँदैन,” पौडेलले भने, “तपाईंहरु निर्वाचनको परिणाम आएर विजयी जुलुश ननिकालेसम्म निर्वाचनको सबै कार्यक्रममा होमिनुस्।” उनले अहिलेको सरकार जनताप्रति उत्तरदायी हुन नसकेको आरोप समेत लगाए।

सोही कार्यक्रममा उपाध्यक्ष पौडेलले ललितपुर महानगरपालिका वडा नम्बर १८ मा विभिन्न पार्टीका चार दर्जन नेता कार्यकर्तालाई एमालेमा प्रवेश गराएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved