प्रदूषणले दिउँसै अँध्यारो, तत्काल प्रदूषण हटेर घाम लाग्ने सम्भावना कम

वायुमण्डलमा धुलो र धुवाँका कण मिसिँदा काठमाडौंको आकाश चार दिनदेखि तुवाँलोले ढाकेको छ ।

नेपालभ्युज

प्रदूषणले दिउँसै अँध्यारो, तत्काल प्रदूषण हटेर घाम लाग्ने सम्भावना कम

काठमाडौं। वायुमण्डलमा धुलो र धुवाँका कण मिसिँदा काठमाडौंको आकाश चार दिनदेखि तुवाँलोले ढाकेको छ । प्रदूषण हट्न नसक्दा उपत्यकामा दिउँसै अँध्यारो हुन थालेको हो।
बुधबार बिहान र साँझ उपत्यकामा छिटपुट पानी परे पनि प्रदूषण हटेको छैन। बिहीबार बिहानैदेखि अँध्यारो जस्तो देखिएको छ।

जलवाष्पयुक्त हावा प्रवेश गरेर बादल बनेको तर, जलवाष्प पर्याप्त नहुँदा उपत्यकामा राम्रोसँग वर्षा हुन नसकेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सजिना शाक्यले बताउँछिन्।
भारतको विहार आसपास रहेको न्यूनचापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभाव रहे पनि सक्रिय हुन नसकेको मौसमविद्को भनाई छ।

उपत्यकाको वायुमण्डलमा थिग्रिएर बसेको प्रदूषण हटेर सफा घाम लाग्ने सम्भावना तत्काल नरहेको मौसमविद्ले बताएका छन्। उपत्यकामा आगामी दुई दिनसम्म ठुलो पानी पर्ने सम्भावना छैन । बुधबार काठमाडौंमा वायुको गुणस्तर सूचकांक २०४ सम्म रेकर्ड भएको छ ।

काठमाडौंका साथै पोखरा, भरतपुर, धनकुटा, नेपालगन्जलगायतका सहरमा पनि प्रदूषण उच्च छ । जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी रामप्रसाद अवस्थीका अनुसार वायुमण्डलमा उच्चचापीय क्षेत्र मजबुत बनिदिँदा खासै पानी पर्न सकेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved