आजको मौसम

पहाडी भूभागमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

आज पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा भारतको विहार आसपासमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।

नेपालभ्युज

पहाडी भूभागमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

काठमाडौं। आज पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा भारतको विहार आसपासमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।

दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति प्रदेश १ लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। ती प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

शुक्रबार प्रदेश १ को थोरै र बागमती तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved