त्रिकोणात्मक टी–ट्वान्टी सिरिज : दोस्रो जित निकाल्ने योजनामा नेपाल

त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले आज (बुधबार) मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। नेपाल आफ्नो दोस्रो खेलमा मलेसियासँग खेल्न लागेको हो।

नेपालभ्युज

त्रिकोणात्मक टी–ट्वान्टी सिरिज : दोस्रो जित निकाल्ने योजनामा नेपाल

काठमाडौं। त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले आज (बुधबार) मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। नेपाल आफ्नो दोस्रो खेलमा मलेसियासँग खेल्न लागेको हो। यसअघि सिरिजको पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई हराएको थियो।

आजको खेल त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र मलेसियाबीच खेल १२ः३० मा शुरु हुनेछ। पहिलो खेलमा सहज जित निकालेको नेपाल आजको खेलमा जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो बनाउने योजनामा छ।

यता पहिलो खेलमा पीएनजीमाथि सहज जित निकालेको मलेसिया नेपाललाई हराउँदै फाइनलका लागि आफूलाई दाबेदारी प्रस्तुत गर्ने योजनामा छ।

नेपाल र मलेसियाबीचको इतिहास हेर्दा नेपाल बलियो छ। पछिल्ला चार खेलको नतिजा हेर्दा नेपाल मलेसियामाथि हाबी छ। नेपालले पछिल्ला चार खेलमा सहज जित निकालेको छ। त्यसैले नेपाल आजको खेलमा सहज जितको अपेक्षामा हुनेछ। घरेलु मैदानमा भइरहेको सिरिज नेपाल आफ्नो पक्षमा गर्ने योजनामा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved