कांग्रेसको नीतिगत निर्णय: स्थानीय आवश्यकता हेरेर चुनावी तालमेल गर्ने

नेपालभ्युज

कांग्रेसको नीतिगत निर्णय: स्थानीय आवश्यकता हेरेर चुनावी तालमेल गर्ने

काठमाडौं। नेपाली कांग्रेसले स्थानीय तहमा आवश्यकताअनुसार चुनावी तालमेल गर्ने नीतिगत निर्णय गरेको छ।

पार्टी कार्यालय सानेपामा चार दिनदेखि जारी केन्द्रिय कार्यसमिति बैठकले आवश्यकताअनुसार अन्य दलहरूसँग चुनावी तालमेल गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

चुनावी तालमेललाई लिएर कांग्रेसभित्र दुई धार देखिएपछि नीतिगत निर्णय गर्दै तल्लो कमिटीलाई चुनावी तालमेलबारे अन्तिम निर्णय गर्ने अधिकार दिइएको हो। बैठकमा शेखर कोइराला पक्षले खुलेरै गठबन्धनको विपक्षमा अडान राखेको थियो। गठबन्धनको निर्णय तल्लो तहलाई नलाद्न कोइराला पक्षले अडान लिएपछि सभापति शेरबहादुर देउवा रक्षात्मक बनेका थिए।

बैठकले उपसभापति पुर्णबहादुर खड्काको नेतृत्वमा निर्वाचन परिचालन समिति र प्रवक्ता महतको नेतृत्वमा प्रचारप्रसार समिति पनि गठन गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved