उच्च अदालत पुगे पल

नेपालभ्युज

उच्च अदालत पुगे पल

पोखरा। नाबालिग गायिका बलात्कार मुद्दामा पुर्पक्षका जेल परेका पल शाहले तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन्। तनहुँ जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

शाहले मंगलबार सोहीआदेशविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदनका लागि निवेदन दिएका हुन्। शाहले जिल्ला अदालतले १० चैतमा गरेको मुद्दाको फैसला नहुँदासम्म जेलमा पठाउने आदेश खारेज गरिपाऊँ भन्दै पुनरावेदन दिएका उच्च अदालत पोखराका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए।

धरौटी वा तारेखमा छाड्न उनको पुनरावेदनमा माग गरिएको छ।

पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय गैँडाकोटमा बलात्कारको गरेको एक नाबालिग गायिकाले किटानी जाहेरी दिएकी थिइन्। उजुरीको चार दिनपछि शाह आफैं प्रहरी कार्यालयमा उपस्थित भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved