हेटौँडा। नेपाली कांग्रेस बागमती प्रदेशले आगामी स्थानीय तहको निर्वाचनमा सत्ता साझेदार दलहरूबीच चुनावी तालमेल आवश्यक रहेको निष्कर्ष निकालेको छ।
नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बहादुर बानियाँको अध्यक्षतामा मंगलबार काठमाडौंमा सम्पन्न बागमती प्रदेशको कार्यसम्पादन समिति र संसदीय समितिको संयुक्त बैठकले आवश्यकता र औचित्यको आधारमा स्थानीय तहसंग समन्वय गरी सत्ता गठबन्धनसंग सहकार्य गर्नुपर्ने समितिका सदस्यहरूले सुझाव दिएका छन्।
अधिकांश सदस्यहरूले आगामी स्थानीय तह निर्वाचनमा गठबन्धन गर्नुपर्ने धारणा राखेको कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक रुवालीले जानकारी दिए। बैठकमा बोल्दै समितिका सदस्यहरूले कांग्रेसले धेरैभन्दा धेरै स्थानमा आफ्नो पार्टीको जित सुनिश्चताको साथै वर्तमान केन्द्रीय समितिले गरेको निर्णयको आधारमा वर्तमान गठबन्धनको निरन्तरता आवश्यक रहेको बताएका थिए।
Facebook Comment
Comment