एन्फाको विशेष साधारण सभाद्वारा निर्वाचन समिति गठन

नेपालभ्युज

एन्फाको विशेष साधारण सभाद्वारा निर्वाचन समिति गठन

काठमाडौ। अखिल नेपाल फुटबल संघ (एन्फा) को २० औ विशेष साधारण सभा मंगलबार सम्पन्न भएको छ।

सानेपा स्थित हेरिटेज गार्डेनमा एन्फा अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाको अध्यक्षतामा भएको साधारण सभाले निर्वाचन समिति गठन गरेको छ। एन्फाले आगामी जेठ १५ गते हुने संघको निर्वाचनको लागि अधिवक्ता श्रीराम दवाडीको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको हो।

त्यसैगरी यसो साधारण सभाबाट एन्फा निर्वाचनमा सहभागी हुन अध्यक्षका उम्मेद्वारले १५ हजार रुपैयाँ , वरीष्ठ उपाध्यक्ष र उपाध्यक्षको हकमा १० हजार रुपैयाँ र सदस्यका लागि पाँच हजार रुपैयाँ मनोनयन शुल्क निर्धारण गर्ने निर्णय बहुमतले पारित गरेको छ।

यो साधारण सभाबाट पाँच बुदे निर्णय पारित भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved