वाङ फर्किएलगत्तै सरकारले गर्‍यो चीनसँग सम्बन्धित चार निर्णय, केरुङ-काठमाडौं रेलको प्रस्ताव स्वीकृत

चीनका विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमण गरेर चीन फिर्ता भएको भोलिपल्टै सरकारले चीनसँग सम्बन्धित चारओटा निर्णय मन्त्रिपरिषद्बाट स्वीकृत गरेको हो।

नेपालभ्युज

वाङ फर्किएलगत्तै सरकारले गर्‍यो चीनसँग सम्बन्धित चार निर्णय, केरुङ-काठमाडौं रेलको प्रस्ताव स्वीकृत

काठमाडौं। सरकारले चीनसँगको सिमा वारपार (केरुङ-काठमाडौं) रेल परियोजनाका लागि चीनले गर्ने आर्थिक तथा प्राविधिक सहयोग स्वीकृत गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चीनले प्रस्ताव गरेको आर्थिक तथा प्राविधिक सहायता सम्झौताअन्तर्गत प्राप्त हुने अनुदान सहायता र सीमा वारपार रेलमार्ग सम्भाव्यता अध्ययनसम्बन्धी प्रविधि सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचनामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

यसबाहेक सरकारले नेपाल र चीनबीच शून्य भन्सार तथा कोटारहित ड्यूटि फ्रि/कोटा फ्रि सुविधासम्बन्धी एलओई स्वीकृत गरेको छ। यसैगरी मन्त्रिपरिषद्ले चीनसँग भएको ‘इप्लिमेण्टेशन एग्रिमेण्ट अफ चाइना एड अन आयल एण्ड ग्यास रिसोसेस सर्भे प्रोजेक्ट नेपाल’ सम्झौताको दुई वर्ष समयावधि थप गर्ने र नेपाल-चीन सरकारबीचको ग्रेड आवद्धताको सम्भाव्यता अध्ययनसम्बन्धी सम्झौता पनि स्वीकृत गरेको छ।

चीनका विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमण गरेर चीन फिर्ता भएको भोलिपल्टै सरकारले चीनसँग सम्बन्धित चारओटा निर्णय मन्त्रिपरिषद्बाट स्वीकृत गरेको हो।

यी हुन् मन्त्रिपरिषद्का निर्णय


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved