चीनबाट आयो ४० लाख डोज सिनोभ्याक खोप

नेपालभ्युज

चीनबाट आयो ४० लाख डोज सिनोभ्याक खोप

काठमाडौं। नेपालमा चीन सरकारको अनुदानमा ४० लाख मात्रा सिनोभ्याक खोप आएको छ। १८ वर्षमाथिका नागरिकलाई लगाउन मिल्ने यो खोप शनिबार र सोमबार गरेर ४० लाख डोज खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाको आपूर्ति शाखा प्रमुख डा सुरेन्द्र चौरसियाले बताए।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चीनको सिनोभ्याक खोपलाई गत जेठमा नै आपतकालीन प्रयोगका लागि स्वीकृति दिएको थियो। नेपालमा हालसम्म कोभिसिल्ड, एस्ट्राजेनेका, फाइजर, मोडर्ना, जोन्सन एन्ड जोन्सन, भेरोसेल, साइनोभ्याक खोप आएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved