यस्तो छ प्रधानमन्त्री देउवाको भारत भ्रमणको तालिका

प्रधानमन्त्री देउवा भारत जाने कार्यक्रम तय भएपछि भ्रमणलाई राजकीय बनाउन प्रधानमन्त्रीपत्नी आरजुले भारत भ्रमण गरेकी थिइन्। परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको यसपटकको भ्रमणलाई राजकीय उल्लेख गरिएको छैन। 

नेपालभ्युज

यस्तो छ प्रधानमन्त्री देउवाको भारत भ्रमणको तालिका

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा १८ चैतमा तीन दिने भारत भ्रमणमा जाँदैछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा श्रीमती आरजुसहित भारत भ्रमणमा जान लागेका हुन्।

२९ असारमा प्रधानमन्त्री निर्वाचित भएपछि देउवा पहिलोपटक भारत भ्रमण जान लागेका हुन्। यसअघि प्रधानमन्त्री देउवा ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनमा सहभागी हुने कार्यक्रम तय भएकोमा पछि कोरोनाका कारण स्थगित भएको थियो। प्रधानमन्त्री देउवा भारत जाने कार्यक्रम तय भएपछि भ्रमणलाई राजकीय बनाउन प्रधानमन्त्रीपत्नी आरजुले भारत भ्रमण गरेकी थिइन्।

परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको यसपटकको भ्रमणलाई राजकीय उल्लेख गरिएको छैन।

यसअघि विश्व जलवायु सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री स्कटल्याण्ड भ्रमणमा गएका थिए।

भारत भ्रमणमा प्रधानमन्त्रीसँगै उनकी पत्नी आरजु राणा देउवा, परराष्ट्रमन्त्री डा.नारायण खड्कासँगै अन्य मन्त्रालयका सचिवहरु सहभागी हुने परराष्ट्र मन्त्रालयबाट जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। प्रधानमन्त्री देउवाको भारत भ्रमणले दुई देशबीच विद्यमान पुरानो सम्बन्धलाई ताजगी गर्ने विश्वास परराष्ट्र मन्त्रालयले व्यक्त गरेको छ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतीय उप–राष्ट्रपति श्री एम. वैकष्ट्स नाइडुलाई भेट्ने कार्यक्रम रहेको छ भने भारतीय प्रधानमन्त्री मोदीसँग १९ चैतमा दुई पक्षीय वार्ताको कार्यक्रम तय भएको विज्ञप्तिमा जनाइएको छ। नेपालका प्रधानमन्त्री र भारत भ्रमणमा रहेका प्रतिनिधिमण्डलको सम्मानमा भारतीय प्रधानमन्त्री मोदीले रात्रीकालिन भोजको आयोजना गर्नेछन्।

यस्तै भारत भ्रमणमा क्रममा प्रधानमन्त्री देउवाले भारतीय विदेशमन्त्री र राष्ट्रिय सुरक्षा सल्लाकारसँग पनि भेटवार्ता गर्नेछन्। दिल्लीमा रहेका व्यवसायीलाई प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ। भने स्वदेश फर्किनुअघि प्रधानमन्त्री देउवा बनारस जाने कार्यक्रम पनि तय भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved