गैरआवासीय नेपालीलाई के भने प्रधानमन्त्ती देउवाले ?

प्रधानमन्त्री देउवाले मुलुकको तीव्र रुपान्तरण र दीगो विकासका लागि ठूलो पूँजी र प्रविधिको आवश्यक्ता रहेको उल्लेख गरे। उनले त्यसमा गैरआवासीय नेपालीहरुले पूरकको भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे।

नेपालभ्युज

गैरआवासीय नेपालीलाई के भने प्रधानमन्त्ती देउवाले ?

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशमा आर्जन गरेको पूँजी, प्रविधि र व्यवसायिक ज्ञान, सीप र कौशल मुलुकको रुपान्तरणका निम्ति उपयोग गर्न गैरआवासीय नेपालीहरुलाई आग्रह गरेका छन्।

गैरआवासीय नेपाली संघको दशौँ विश्व सम्मेलनको समापनको अवसर बोल्दै प्रधानमन्त्री देउवाले मुलुकको तीव्र रुपान्तरण र दीगो विकासका लागि ठूलो पूँजी र प्रविधिको आवश्यक्ता रहेको उल्लेख गरे। उनले त्यसमा गैरआवासीय नेपालीहरुले पूरकको भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे।

नेपालको संविधानले अर्थ, उद्योग, वाणिज्य नीति अन्तरगत गैरआवासीय नेपालीहरुको ज्ञान र सीप, प्रविधि र पूँजीलाई राष्ट्रिय विकासका उपयोग गर्ने कुरालाई प्राथमिकता दिएको उल्लेख गर्दै देउवाले त्यसका लागि आवश्यक विभिन्न नीति र कानूनी सुधार गर्दै गैरआवासीय नेपालीहरुलाई सहज रुपमा लगानी गर्न सक्ने तथा लगानीको प्रतिफल सुनिश्चित गर्न सक्ने वातावरण निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे।

प्रधानमन्त्री देउवाले गैरआवासीय नेपालीहरुको सम्पत्ति र लगानीको संरक्षण गर्ने काममा सरकार सदैव सकारात्मक रहेको पनि बताए। भने, “गैरआवासीय नेपाली संघको मागप्रति सरकार संवेदनशील छ। उनीहरुको नेपाल आगमनमा सहजीकरणदेखि लिएर लगानी र सम्पत्ति संरक्षण गर्नेलगायतका काममा सरकार सधैं सकारात्मक रहनेछ।”

देउवाले भने, “नेपाल र नेपालीको अप्ठ्यारो परेको बखत गैरआवासीय नेपाली संघबाट प्राप्त साथ, सहयोग र समन्वय गरेकोमा सरकार आभार र धन्यवाद व्यक्त गर्दछ। गैरआवासीय नेपाली संघले विदेशमा नेपाली भाषा, संस्कृति, परम्परा, कलाकृति र साहित्यको प्रचारप्रसार गर्न र भावी पुस्तामा हस्तान्तरण गर्नसमेत सेतुको रुपमा काम गरेको छ। यसलाई आगामी दिनहरुमा पनि निरन्तरता दिँदै विदेशी भूमिमा पनि नेपाली माटो र नेपाली संस्कृतिलाई प्रवद्र्धन गर्न सक्ने आफ्ना क्रियाकलापहरुलाई सशक्त रुपमा अघि बढाउने विश्वास लिएको छु। आज विश्वभर छरिएर रहेका नेपालीहरुको पहिचान र गरिमा बढाउनका साथै विभिन्न पेशा, व्यवसायमा संलग्न रही सम्बन्धित देशको विकास, निर्माणमा समेत योगदान पु¥याएका छन्। विदेशमा आर्जन गरेको पूँजी, प्राविधिक तथा व्यवसायिक ज्ञान, सीप र कौशललाई मुलुकको रुपान्तरणका निम्ति लगानी गर्न म यस संस्थाका सबै गैरआवासीय नेपाली साथीहरुलाई यसै मञ्चबाट आग्रह गर्न चाहन्छु। नेपालको संविधानले अर्थ, उद्योग, वाणिज्य नीति अन्तरगत गैरआवासीय नेपालीहरुको ज्ञान र सीप, प्रविधि र पूँजीलाई राष्ट्रिय विकासका उपयोग गर्ने कुरालाई प्राथमिकता दिएको छ। गैरआवासीय नेपालीहरुको लगानीलाई मुलुकको समृद्धि, नवनिर्माणको खातिर उपयोग गर्न सरकारले विभिन्न नीति र कानूनी सुधार गरी सहजीकरण गर्दै आएको छ। यसलाई आगामी दिनमा पनि क्रमशः सुधार गर्दै गैरआवासीय नेपालीहरुलाई सहज रुपमा लगानी गर्न सक्ने, लगानीको प्रतिफल सुनिश्चित गर्न सक्ने वातावरण निर्माण गरिने नै छ। मुलुकको तीव्र रुपान्तरण र दीगो विकासका लागि आधुनिक स्तरका भौतिक पूर्वाधारहरु बन्न आवश्यक छ। आज मुलुकलाई ठूलो विद्युत आयोजना, सडक, टनेललगायतका परियोजनाहरु कार्यान्वयन गर्न पूँजी र प्रविधि दुवैको खाँचो छ। यो खाँचोलाई पूर्ति गर्न सबै गैरआवासीय नेपाली संघले पूरकको भूमिका निर्वाह गर्न सक्छ भन्ने कुरामा म विश्वस्त छु। विश्वभर छरिएर बसेका नेपालीहरुको असंगठित पूँजी र प्राविधिक ज्ञानलाई संगठित र एकीकृत गरेर मुलुकको आर्थिक विकासमा परिचालन गर्न अब गैरआवासीय नेपालीसमेत विभिन्न कार्यक्रमहरु बनाएर अघि बढ्नुपर्छ भन्ने मलाई लागेको छ। गैरआवासीय नेपाली संघको मागप्रति सरकार संवेदनशील छ। उनीहरुको नेपाल आगमनमा सहजीकरणदेखि लिएर लगानी र सम्पत्ति संरक्षण गर्नेलगायतका काममा सरकार सधैं सकारात्मक रहनेछ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved