विवेकशील साझा विवाद- रवीन्द्र मिश्रलाई कारबाही माग गर्दै निर्वाचन आयोग जाँदै बहुमत केन्द्रीय सदस्य

विवेकशील साझा पार्टीमा रवीन्द्र मिश्रले एकलौटी निर्णय गर्दै २६ जनाको कारबाही सदर गरेसँगै पार्टीमा विवाद चुलिएको छ।

नेपालभ्युज

विवेकशील साझा विवाद- रवीन्द्र मिश्रलाई कारबाही माग गर्दै निर्वाचन आयोग जाँदै बहुमत केन्द्रीय सदस्य

काठमाडौं। विवेकशील साझा पार्टीमा रवीन्द्र मिश्रले एकलौटी निर्णय गर्दै २६ जनाको कारबाही सदर गरेसँगै पार्टीमा विवाद चुलिएको छ। सोमबार बस्ने बहुमत केन्द्रीय सदस्यहरूको बैठकले रवीन्द्र मिश्रलाई कारबाही गर्ने र त्यसको जानकारी दिन पत्रकार सम्मेलन गर्ने तयारी गरेको बुझिएको छ। निर्णय गरेपछि बहुमत केन्द्रीय सदस्यहरू निर्वाचन आयोग जाने भएका छन्।

मिश्र भने पार्टीमा अनुशासन कायम नराख्नेहरूलाई कारबाही गर्दै अघि बढ्ने तयारीमा लागेका छन्। विवादकै बीच सोमबार बिहान बहुमत केन्द्रीय सदस्यहरूको बैठक बस्ने तयारी गरिएको बुझिएको छ। बैठकले रवीन्द्र मिश्रलाई कारबाही गर्ने निर्णय गर्ने बताइएको छ। रवीन्द्र मिश्रले पार्टीलाई राप्रपासँग एकीकरण गराउने विषयले अहिले पार्टीमा जारी विवादले उग्र रूप लिएको छ। मिश्रले पार्टीमा विचारभन्दा देश भन्ने दस्तावेज ल्याएदेखि नै पार्टीमा विवाद भइरहेको छ।

पार्टीमा विवाद आएदेखि नै मिलन पाण्डे, केशव दाहाल, रञ्जु दर्शना, पुकार बम, रमेश पौड्याललगायतका नेता मिलन पाण्डेको पक्षमा उभिँदै रवीन्द्र मिश्रको विचारसँग असहमति राख्दै आएका छन्। तर, अहिले रवीन्द्र मिश्रले साथ लिएका केही नेताहरूसँगको आन्तरिक भागबन्डा नमिलेपछि उत्पन्न विवाद थप चुलिएको मिश्र पक्षका नेताहरूको दाबी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved