स्थानीय चुनाव- १६ चैतबाट मतपत्र छपाइ शुरू गर्ने

जनक शिक्षा सामग्री संस्थानले चैत १६ गतेबाट मतपत्र छपाइ शुरू गर्ने भएको छ। निर्वाचन आयोगले आइतबार अन्तिम मतदाता नामावली सार्वजनिक गरेपछि मतपत्र छपाइ गर्न दिने निर्णय गरेको हो।

नेपालभ्युज

कामठमाडौं। जनक शिक्षा सामग्री संस्थानले चैत १६ गतेबाट मतपत्र छपाइ शुरू गर्ने भएको छ। निर्वाचन आयोगले आइतबार अन्तिम मतदाता नामावली सार्वजनिक गरेपछि मतपत्र छपाइ गर्न दिने निर्णय गरेको हो।

करिब २ करोड मतपत्र छपाइका लागि ९ वटा मेसिन तयारी अवस्थामा रहेको संस्थानले जनाएको छ। संस्थानका महाप्रबन्धक अनिलकुमार झाले मतपत्र छपाइका लागि सबै तयारी पूरा भइसकेको जानकारी दिए।

उच्चसुरक्षा निकायले केन्द्रको सुरक्षा अवस्थाबारे जानकारी लिइसकेको छ। आयोगले प्रेसको अवस्था र छपाइको क्षमतालगायतको विषयमा जानकारी लिएपछि मतपत्र छपाइ गर्ने निर्णयसहितको पत्र संस्थानमा पठाएको हो।

मतपत्र छाप्नुअघि सबै मेसिन र छपाइ गर्ने स्थल सुरक्षा टोलीले जिम्मा लिनेछ। त्यसपछि सबै आधार र आवश्यक क्षेत्रमा सीसीटीभी जडान गर्न निर्देशन दिनेछ। सरकारले मतपत्र सुरक्षार्थ करिब १ सय ५० सुरक्षाकर्मी परिचालन गर्नेछ। त्यसमा झन्डै सयको हाराहारीमा नेपाली सेना परिचालित हुनेछ।

तीन तहको सुरक्षा घेराभित्र मतपत्र छपाइ गर्न उच्च सुरक्षा संयन्त्र परिचालन हुने तथा कर्नेलको नेतृत्वमा नेपाली सेनाले मतपत्र छपाइ गर्न पहिलो घेराको सुरक्षा दिनेछ। संस्थानका अनुसार १५ गतेबाट सुरक्षाकर्मीको आगमन हुने र १६ गते सबै तयारीपछि मतपत्र छपाइ हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved