चिनियाँ विदेशमन्त्रीले भेटे भारतीय समकक्षी

भारत जानुअघि उनले पाकिस्तानको राजधानी इस्लामावादमा भएको इस्लामिक सहयोग संगठन (ओआईसी)को बैठकमा सहभागी भएका थिए।

नेपालभ्युज

चिनियाँ विदेशमन्त्रीले भेटे भारतीय समकक्षी

काठमाडौं। चीनका विदेश मन्त्री वाङ यी भारत भ्रमणमा गएका छन्।

भ्रमणका क्रममा उनले शुक्रबार सरकारी उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका समाचारमा जनाइएको छ।

यीले भारतीय समकक्षी एस जयशंकरसँग प्रतिनिधि मण्डलसहित हैदरावाद हाउसमा भेटवार्ता गरेका छन्।

त्यसअघि, उनले भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग उनकै कार्यालय साउथ ब्लकमा भेटवार्ता गरेका अधिकारीहरूले जनाएका छन्।

दुवै जनासँगको भेटवार्ताका क्रममा विदेशमन्त्री यीले दुई पक्षीय हित, आपसी सहयोग तथा सहकार्य र साझा चासोका बारेमा कुराकानी गरेका थिए।

भारत र चीनबीचको सम्बन्धलाई अझ मजबुत, सुमधुर बनाउँदै सहकार्यका क्षेत्र तथा दायरा बढाउने बारेमा पनि उनीहरूले छलफल गरेका जनाइएको छ।

विभिन्न देशको भ्रमण गर्ने क्रममा यी बिहीबार बेलुका भारतको संघीय राजधानी नयाँ दिल्ली पुगेका थिए।

यही वर्ष चीनको राजधानी बेइजिङमा हुन लागेको ब्रिक्सका लागि निमन्त्रणा दिन चिनियाँ विदेशमन्त्री यी भारत गएका बताइएको छ।

भारत जानुअघि उनले पाकिस्तानको राजधानी इस्लामावादमा भएको इस्लामिक सहयोग संगठन (ओआईसी)को बैठकमा सहभागी भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved