पानी संरक्षणसम्बन्धी निर्णय कार्यान्वयन गर्न सरकारलाई राष्ट्रपतिको ध्यानाकर्षण

पानीको संरक्षणमा पाइला पाइलामा समस्या देखिएकाले तल्लो तहबाट नै सुधार गर्नुपर्ने उनको भनाइ थियो।

नेपालभ्युज

पानी संरक्षणसम्बन्धी निर्णय कार्यान्वयन गर्न सरकारलाई राष्ट्रपतिको ध्यानाकर्षण
फाइल तस्वीर

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले पानीको संरक्षण गर्ने सम्बन्धमा भएका निर्णयहरू समयमा नै कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्। बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा जलसम्बन्धी विभिन्न क्षेत्रका विज्ञहरूसँग पानीको संरक्षणको विषयमा छलफल गर्दै पानीको संरक्षण गर्ने सम्बन्धमा भएका निर्णयहरू समयमा नै कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन्।

उनले सरकारले पानी संरक्षण गर्ने निर्णय गर्ने तर कार्यान्वयनमा समस्या भएको बताइन्। पानीको संरक्षणमा पाइला पाइलामा समस्या देखिएकाले तल्लो तहबाट नै सुधार गर्नुपर्ने उनको भनाइ थियो।

उनले सरकारले काठमाडौं उपत्यकाको भूमिगत पानी संरक्षण गर्नसके मात्रै पनि काठमाडौंमा पानीको अभाव कम हुने बताइन्। अहिले नेपालमा पानीको प्रशस्त स्रोत हुँदाहुँदै पनि अन्य श्रोतको भर पर्नु पर्ने अवस्था रहेकाले पानी संरक्षण कार्यान्वयन गर्ने विषय सरकारको मात्रै नभएर जनसमुदाय पनि लाग्नुपर्ने उनको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved