काठमाडौं। नेकपा (एमाले) को बुधबारबाट शुरु केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका छन्।
ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा जनदबाबका कारण मात्रै सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेको दाबी गरेका छन्।
उनले भनेका छन्, “संवैधानिक कर्तव्य र स्वेच्छाले होइन, जनदबाबका कारण मिति घोषणा गर्न बाध्य भएकाले सरकारको निर्वाचनप्रतिको प्रतिबद्धता फितलो छ।”
उनले आफ्ना कार्यकतालाई निर्वाचन तोकिएकै मितिमा गर्न आवश्यक वातावरण बनाउन पनि प्रतिवेदनमार्फत आग्रह गरेका छन्।
उनले उक्त प्रतिवेदनमा पछिल्लो राजनीतिक अवस्थादेखि पार्टीले आगामी निर्वाचनमा कसरी जित हासिल गर्न सक्छ त्यसबारे उल्लेख गरेका छन्। उनले वर्तमान सत्ता गठबन्धनको मनोवैज्ञानिक भयबाट मुक्त हुनुपर्ने पनि प्रतिवेदनमा लेखेका छन्।
ओलीले निर्वाचन जित्न देखेका आधारहरूः
आगामी निर्वाचनमा नेकपा (एमाले) को विजयका मुख्य आधारलाई यसरी प्रस्तुत गरिएको छः
पार्टीका सही सिद्धान्त, कार्यदिशा, नीति र समृद्ध नेपाल, सुखी नेपालीको आकाक्षा,
राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता, स्वाभिमान र राष्ट्रिय हित प्रभावकारी भूमिका, राष्ट्रको पहिचान, भूमिका र प्रतिष्ठा अभिवृद्धि गरेको असाधारण योगदान, केन्द्र, प्रदेश र स्थानीय सरकारको नेतृत्व गर्दा विकास र समृद्धि खेलेको महत्वपूर्ण भूमिका, प्राप्त गरेका उपलब्धि र तिनले समाजममा पारेको परिवर्तन,
स्थानीय तहलाई अधिकारसम्पन्न बनाउन पार्टीले २०४७ सालदेखि खेलेको भूमिका, स्थानीय स्वायत्त शासनको अवधारणा (२०५४) र स्थानीय महिला र दलितको समावेशिताका लागि पार्टीको भूमिका, राज्यका हरेक अंगमा न्यूनतम एक तिहाई महिला सहभागिता।
राज्यका हरेक अंगमा न्यूनतम एक तिहाइ नेतृत्वदायी योगदान, नेपालको संविधान निर्माणका क्रममा तीन तहकार तहलाई संवैधानिक प्रत्याभूति दिन पाटील प्रदेशको तजबिजी अधिकारभित्र राख्न विभिन्न दल प्रस्तावको प्रतिवाद, नेकपा (एमाले) नेतृत्वको सरकारले स्थानीय वित्तीय, कानुनी र प्रशासनिक योगदान, क्रममा तीन तहको संघीय ढाँचा प्रत्याभूति दिन पार्टीले खेलेको भूमिका।
पार्टीका सही सिद्धान्त, कार्यदिशा, नीति र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता, स्वाभिमान र राष्ट्रिय हितको पक्षमा खेलेको प्रभावकारी भूमिका, राट्रिको पहिचान, भूमिका र प्रतिष्ठा अभिवृद्धिका लागि गरेको असाधारण योगदानलाई पनि निर्वाचन जित्ने आधार बनिएको छ।
केन्द्र, प्रदेश र स्थानीय सरकारको नेतृत्व गर्दा विकास र समृद्धिका क्षेत्रमा खेलेको महत्त्वपूर्ण भूमिका, प्राप्त गरेका उपलब्धि र तिनले समाजमा ल्याएको परिवर्तन, सीके राउत समूह र विप्लव समूहसँग वार्ता, पृथकतावादको अन्त्य र हिंसाको शान्तिपूर्ण अवतरण जस्ता राजनीतिक समस्याको समाधानमा ठूलो सफलता निर्वाचन जित्ने आधारका रुपमा प्रस्तुत गरिएको छ।
आफू नेतृत्वको सरकाले समाजिक सुरक्षाको दायरा विस्तार गर्न खेलेको भूमिका पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण लगायतका १८ विषयलाई निर्वाचन जित्ने आधार बताएको छ।
Facebook Comment
Comment