४२ किलो गाँजासहित मनहरीबाट चार जना पक्राउ

नेपालभ्युज

४२ किलो गाँजासहित मनहरीबाट चार जना पक्राउ

हेटौंडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरले ४२ केजी लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा ४२ केजी गाँजा बरामद गरेको हो।

पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरी–६ बाट चितवनतर्फ जाँदै गरेको ना६ ख ४४०९ नम्बरको ट्रकलाई सुरक्षाजाँच गर्दा चालक बस्ने सिट पछाडि लुकाएर ल्याएको लागूऔषध गाँजा फेला पारेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा ट्रक चालक मनहरी-६ का ३१ वर्षीय ईश्वर पाठक, सहचालक हेटौंडा-११ का २२ वर्षीय सागर थिङ, ट्रकमा सवार नवलपरासी जिल्लाको रामग्राम नगरपालिका-१२ का ६० वर्षीय राजेशप्रसाद रौनियार र सोही ठाउँका ४० वर्षीया रेश्मा भर रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए।

पक्राउ परेका ४ जनालाई लागुऔषध गाँजा र ट्रकसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved